RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/६ गते
८७२ पटक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिका लागि अपनाइने मापदण्डबारे छलफल हुने बताइएको छ ।

त्यस्तै, पार्टीको सांगठनिक कामबारे पनि छलफल हुनसक्ने एक सचिवालय सदस्यले जानकारी दिएका छन्। यसअघि आइतबार पेरिस डाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डबारे छलफल भएको थियो।

जारी बैठकमा संवैधानिक राजनीतिक नियुक्तिहरूबारे सरकारबाट निर्णय गर्नका लागि आधार तयार गर्ने, सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने,

पार्टी संगठन विभागको निर्णयमा छलफल र अनुमोदनको प्रस्ताव, स्थायी र केन्द्रीय कमिटीको रिक्त रहेको सदस्यहरूको पदपूर्ति र कारबाहीमा परेका नेताहरूको कारबाही फुकुवा, केद्रीय कमिटी सदस्यहरूलाई नियमित रूपमा आर्थिक सहयोग गर्नेलगायतका एजेन्डामा छलफल हुने भएको छ ।

 

प्रतिकृया दिनुहोस्