RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२० गते
८१३ पटक

बारा-तेस्रोपटक थपिएको समयसीमा सकिन लागेपछि वीरगन्ज—पथलैया व्यापारिक मार्गका निर्माण कम्पनीहरूले कामको गति बढाएका छन् ।

आयोजनाबाट असार मसान्तभित्र काम सम्पन्न नगरे कालोसूचीमा पर्ने पत्र बुझेका निर्माण कम्पनीहरुले कामको गति बढाएका हुन् । व्यापारिक मार्ग आयोजनाका इन्जिनियर अशोक यादवले असार मसान्तभित्र निर्माण कम्पनीहरूले काम सम्पन्न नगरे कालोसूचीमा राखिने बताए ।

बाराको पथलैयादेखि पर्साको गण्डक चोकसम्मको झण्डै ३१ किलोमिटर क्षेत्रमा ६ लेनको बाटो विस्तारको जिम्मेवारी पाएका निर्माण पाएका कम्पनीहरूको ठेक्का अवधि सकिन ६ महिना मात्रै बाँकी छ ।

दुई वर्षभित्र बाटो विस्तारको सम्पूर्ण काम सम्पन्न गर्नेगरी आयोजना र निर्माण कम्पनीबीच २०७३ असार मसान्तमा सम्झौता भएको हो । तोकिएको समयसीमाभित्र काम सम्पन्न नभएपछि तस्रो पटक थपिएको समय पनि असार मसान्तमा सकिने आयोजनाले जनाएको छ । कारोबार दैनिबबाट ….

प्रतिकृया दिनुहोस्