RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/७ गते
५६६ पटक

मकवानपुरको भिमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका–२ स्थित देउराली नजिकै गुडिरहेको जिपलाई पहिरोले पुरेको छ । काठमाण्डौंबाट हेटौंडातर्फ आउँदै गरेको बा १७ च ४८७४ नम्बरको जिप पहिरोले पुरिँदा जिप चालकको मृत्यु भएको छ । उहाँको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भिमफेदी–कुलेखानी सडकको देउराली नजिक पहिरो खस्दा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा ९७ प ५१४८ नम्बरको मोटरसाइकल समेत पुरिएको छ । पहिरोले मोटरसाइकल पुरिँदा त्यसमा सवार दुबै जना सामान्य घाइते भएका छन् ।

उनीहरुको सकुशल उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार सडकको माथिल्लो भागबाट चट्टान र माटो मिश्रित पहिरो गुडिरहेको जिपमाथि खसेको हो । जिपमाथि खसेको चट्टान र माटो मिश्रित पहिरो हटाउने काम भइरहेको छ ।

प्रतिकृया दिनुहोस्