RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/८ गते
६५८ पटक

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा अविरल वर्षापछि बिहीबार विहान पहिरो गएको छ । पहिरोले तीन घर पुरिँदा ६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँच जना बेपत्ता भएका हुन् ।

स्थानीय उमानसिंह सारुले हुमबहादुर गाहाको पाँच जना परिवार बेपत्ता भएको बताए । उनीहरुलाई सुतिरहेका बेला पहिरोले पुरेको थियो ।

मनबहादुरको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएको उनले बताए ।
उता, अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना महिला बेपत्ता भएकी छन् । उनका श्रीमान् भने पहिरो खसे पनि ज्यान जोगाउन सफल भएका थिए ।

प्रतिकृया दिनुहोस्