RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/८ गते
५४५ पटक

पहिरोले पुरिएर स्याङ्जाको वालिङ-१४ मा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् ।  एक जनाकाे जीवितै उद्दार गरिएकाे छ ।बिहान ६ बजे  तमादीस्थित माया नेपालीको घर पहिराेले पुरेकाे हाे ।

पहिरोमा पुरिएर मृत्यु भएका पाँच जनाको सनाखत भएकाे छ । उनीहरूकाे शव पहिराेले पुरेकाे अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । मृत्यु हुनेमा  तीन महिला र दुई पुरुष छन् ।

प्रवक्ता अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ-१४ बस्ने  ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, २८ वर्षीया उमाकला नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् ।

जीवितै उद्दार गरिएकी १६ वर्षीया मनिषा नेपालीलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्दार कार्यलाई जारी राखेका छन् ।

प्रतिकृया दिनुहोस्