RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/८ गते
१४३ पटक

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।महाशाखाले प्रदेश नम्बर १, प्रदेश नम्बर २, गण्डकी, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका

एक/दुई स्थानमा भने अति भारी वर्षा भइरहेको जनाएको छ । हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्यून चापीय क्षेत्र रहेको छ र न्यून चापीय क्षेत्र उत्तर-पूर्व सर्दै गरेका कारण नेपालमा अविरल वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। “सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एकरदुई स्थानहरूमा अति भारी वर्षाको सम्भावनासमेत रहेको छ,” महाशाखाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

शुक्रबार देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सो दिन प्रदेश १ र प्रदेश २ का एकरदुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

“आगामी २४ सबै प्रदेशका धेरै स्थानमा भारी वर्षा साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एकरदुई स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,” महाशाखाले भनेको छ।

प्रतिकृया दिनुहोस्