RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/८ गते
१०४ पटक

सुर्खेत । नयाँ लाइसेन्स वितरण कार्यक्रममा सहभागी भएका मुख्यमन्त्री शाहीले दलाली र माफियामार्फत लाइसेन्स वितरण गरिँदैन भन्ने सन्देश प्रवाह गर्ने गरेका छन् ।

नयाँ लाइसेन्स लिन नेपालगञ्ज जानुपर्ने बाध्यताको अन्त्य गर्दै सबै सेवा सुर्खेतबाट प्रवाह गर्दा सेवाग्राहीलाई सहज भएको छ’ मुख्यमन्त्रीले भने, ‘कामको चाप थपिएसँगै उत्तरदायी र पारदर्शी सेवा प्रवाहमा कुनै कञ्जुसाई नगर्न पनि कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

मुख्यमन्त्री शाहीले सुर्खेतबाटै लाइसेन्स छपाइ प्रक्रिया अघि बढाउन सरकारले गृहकार्य गरेको समेत जानकारी दिएका छन् । ‘संघीयताले नागरिकलाई सहज, छिटो र छरितो सेवा प्रवाह गर्ने अधिकार प्रत्यायोजन गरेकाले महिनौं लगाएर काठमाडौंकै भर पर्नुपर्ने बाध्यता अन्त्य गर्ने गृहकार्यमा सरकार रहेको बताउदै मुख्यमन्त्रीले भने, ‘नागरिकहरुलाई पारदर्शी सेवा प्रवाह गरेर घरमै लाइसेन्स पु¥याइदिने तयारी अब कार्यालयले गर्नुपर्छ त्यसका लागि सरकारले सक्दो सहयोग गर्ने समेत बताए ।

पाँचसय ५३ ओटा लाइसेन्स वितरण
गत माघ ६ गतेबाट नयाँ लाइसेन्स सेवा शुरु गरेको कार्यालयले आज पाँचसय ५३ वटा नयाँ लाईसेन्स वितरण गरिएको प्रमुख आनन्द चपाइँले जानकारी दिए ।

गत माघबाटै सेवा शुरु गरिएपनि छपाइ गर्न काठमाडौं पठाउनु पर्ने र कोभिड–१९ का कारण पनि वितरण प्रक्रिया ढिला भएको चपाइँको भनाई छ ।

 

प्रतिकृया दिनुहोस्