RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/१० गते
६५३ पटक

पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा बिहीबार बिहान पहिराेले घर पुरिँदा बेपत्ता भएका पाँचै जनाको शव भेटिएको छ । गएराति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीका अनुसार घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको गएराति शव भेटिएको हो । शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले जानकारी दिए ।

ठूलो पानी परेकाले बिहीबार खोजीकार्य हुन सकेको थिएन । बर्षा कम भएसँगै शुक्रबार बिहानदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा खोजीकार्य तिब्र भएपछि शव भेटिएको हो ।

प्रतिकृया दिनुहोस्