RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/१० गते
५१८ पटक

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १,२०७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १,२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । उनीहरुमध्ये ४६७ जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार १९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा। गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप ११४७ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको संख्या ५३ हजार १३ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा ६ हजार ३१३जना रहेका छन्।

प्रतिकृया दिनुहोस्