RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/१३ गते
७२३ पटक

काठमाडौं, असोज १२ गते । काभ्रे पलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको रमणीय झरना फेला परेको समाचार निकै लोकप्रिय बन्यो । लामो समयदेखिको लकडाउनबाट विरक्तिएका उपत्यकाबासीहरुबीच नयाँ पर्यटकीय गन्तव्यको रुपमा रोशी गाउँपालिकामा रहेको तीनधारे झरनालाई रोजेपछि दुई महिनाकै बीचमा एक लाखभन्दा धेरै पर्यटक झरनामा भिजेर रमाउन पुगे ।
एकातिर काठमाडौंबाट ६० किलोमिटरको दुरी र घाम लागेको समयमा झरना नजिकैसम्म पुग्न सक्ने कच्ची बाटो भएकाले पर्यटनको आकर्षणमा सो झरना परेको हो ।

यत्तिका समयसम्म चर्चामा नरहेको तर एकाएक भाइरल बनेको झरनाको अत्याधिक प्रचार हुनुमा सामाजिक संञ्जालकोे पँहुच, मानिसमा लामो लकडाउनको नैराश्यता र एक दिनमै पूरा हुने यात्राको कारण झरना निक्कै लोकप्रिय बनेको सँस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सह–प्रवक्ता राजन पौडेलले जानकारी दिनुभयो ।गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्