RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२१ गते
१८८५ पटक

रोल्पा – जिल्ला अस्पताल रोल्पामा १८ विर्षीया एक किशोरी भेटिइन्, जो आमा बनिसकेकी छिन्। आफ्ना दुई वर्षीय छोरालाई रुघाखोकी र ज्वरोले सताएपछि उनी अस्पताल आएकी हुन्। झट्ट हेर्दा आमा भनेर पत्याउन गाह्रो पर्ने उनी रोल्पा नगरपालिका दार्बोटकी जयकला परियार हुन्। लहलहैमा लागेर १५ वर्षको उमेरमा विवाह गरेकी उनले १६ वर्षकै उमेरमा बच्चा जन्माएकी हुन्।

पढाइ छाडेर सानै उमेरमा बिहे गरेकी जयकला अहिले आफ्ना दौंतरीहरूले विद्यालय गएको देख्दा नरमाइलो मान्छिन्। हाल वैदेशिक रोजगारीमा गएका पतिले पनि खासै नपढेको उनले सुनाउँछिन्। ‘सानैमा बिहे गर्दा पढाइ बिग्रियो, खेल्नेपढ्ने उमेरमा बच्चा हुर्काउनुपरेको छ,’ उनी भन्छिन्, ‘श्रीमान् बिदेसिए पनि घरपरिवारलाई रिझाएर बस्नुपरेको छ।’ बालविवाह अन्त्य नहुँदा रोल्पामा अझै बर्सेनि जयकलाजस्ता सयौं किशोरी आमा बनिरहेका छन्।

गत शुक्रबार पश्चिम रोल्पाकी १५ वर्षीया गर्भवती अस्पताल आइन्। डा. प्रकाश बुढाले भिडियो एक्सरे गरे। उनको पेटमा उल्टो उल्टो बसेको देखियो। सानो उमेरकी गर्भवती भएकाले उनलाई सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाह दिइयो। करिब ६ घन्टाको पारिवारिक छलफल र आर्थिक जोरजाम गरेर उनलाई बाहिर लगियो।

त्यस्तै पूर्वी रोल्पाको सुलीचौरमा एक १७ वर्षीया किशोरी बिहे गरेको चार महिनामै गर्भवती भइन्। बच्चा जन्माउने रहर नभएकी उनले निजी अस्पतालबाट पाँच हजार तिरेर गर्भपतन गराउने औषधि खाइन्। भोलिपल्ट अत्यधिक रगत बगेपछि प्युठान अस्पतालमा पुगेर पाठेघर सफा गराइन्। अहिले उनी बालविवाह र अनपेक्षित गर्भप्रति पश्चात्ताप गर्छिन्। नागरिक दैनिकबाट ….

प्रतिकृया दिनुहोस्