RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/१४ गते
११७० पटक

जुम्लाबाट प्रतिनिधि सभाका निर्वाचित संघीय सभाका सांसद रहेका गजेन्द्रबहादुर महतलाई नेकपाले गर्न लागेको मन्त्रीमण्डल पुर्नगठनमा महत मन्त्री हुने कुरा पक्का जस्तै देखिन्छ ।

नयाँ मन्त्रीमण्डल विस्तार गर्न साबिक एमाले र माओवादीभित्रको भागबण्डाबाट हुने गरेको इतिहास सबैलाई प्रष्ट छ । तत्कालिन नेकपा माओवादी केन्द्रतर्फका नेता महत पार्टीको जिल्लादेखि केन्द्रसम्म राजनीतिक वित्तमा महत्वपूर्ण भूमिका खेलेका नेताभित्र गन्तिमा आउन्छन् ।

केन्द्रमा रहेर सक्रिय राजनीतिक नेतृत्वको चर्चा र चलखेल त भइरहन्छ । पहिलो पटक सांसद् भएर संघीय सभामा छिरेका महत कर्णालीका जनताले धेरै नै रुचाएका नेता हुन ।

भोकेका समस्यादेखि राज्यले गर्न लागेका ठुला विकासे निमार्णमा कर्णाली सधैं किन पछाडी विषयवस्तुमा केन्द्रीत भई सांसद हलमा चर्को आवाज भएर कर्णालीका जनताको समस्या यो देश सञ्चालन गरेका ठुला नेतासम्म पुर्याउने नेता हुन । यी सबै महतको आवाज यहाँका सञ्चारमाध्यममा पनि उनीहरु नै छाउनु अस्वाभाविक मानिदैन ।

सडकदेखि सदनसम्म बोल्दा सरकारको कडा आलोचकको मात्र होइन सरकारलाई सफल बनाउन भुमिका खेल्ने छवि बनाएका पात्र हुन जुम्लाका सांसद महत । जनयुद्धको विरासतबाट आएका उनी जुम्लाबाट प्रतिनिधि सभामा नेकपाबाट निर्वाचित एक मात्र जनपृय नेता हुन ।
केन्द्रीय राजनीतिक राम्रो पहुँच बनाएका कर्णालीका नेताको हुन सांसद महत, पार्टीको लागी दिर्घकालिन समयसम्म योगदान गरि रहने नाम मध्येको एक नाम हो गजेन्द्र बहादुर महत ।

‘नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड खेमाका शक्तिशाली र बिश्वास पात्र पनि हुन सांसद महत । विगतमा विभिन्न चरणमा फुटेको माओवादी धारमा नलागेका नेता महत जनयुद्धदेखि शान्ति प्रक्रियासम्म प्रचण्ड धारभित्रका बौद्धिक र प्रभावशाली नेता मध्ये एक पात्र हुन । नेकपा केन्द्रीय सदस्यदेखि जुम्ला जिल्लाको इञ्चार्ज समेतको नेतृत्वमा रहेका महतलाई नेकपाको सचिवालयले मन्त्रीको नाममा सिफारिस गरेर आम कर्णाली बासीलाई अन्याय हुन दिन छैन ।

साबिकको कर्णालीका जनसमुदायका लागि लोकप्रिय नेताको रुपमा महत परिचित छन् । यहाँका हरेक समुदायदेखि तल्लो वर्गसम्म महतको नाम चर्चा हुने गरेको छ । पार्टीे संगठन निर्माणमा महतको योगदान अति महत्वपूर्ण रहेको छ । जनताका लागि सहज भएका नेता महत जुम्लाका बच्चादेखि बृद्धासम्म चिन्ने नाम हो गजेन्द्रबहादुर महत उर्फ कार्मा ।

नेकपा केन्द्रबाट कर्णालीको सुनौला मार्गचित्र निर्माण गर्न नेकपाका ठुला नेताले अब बन्न नयाँ मन्त्रीमण्डलमा साविकको कर्णालीका पाँच जिल्ला मध्ये जुम्लाबाट संघीय सभाका सांसद महत मात्र मन्त्री बन्ने एक कर्णालीका राजनीतिक योग्य र सक्ष्यम पात्र हुन् । जब सांसद सभाभित्र विभिन्न प्रकारका बहस हुने गरेका छन् ।

नयाँ मन्त्रीमण्डलमा समावेश गर्नु नगर्नु विषय नेकपाको सचिवालयको हो । तर कर्णालीको नाममा केन्द्रमा राजतीनिक गर्नुभन्दा साविकको कर्णालीका नेतालाई मन्त्री बनाउनु नेकपाको सचिवालयको काँधमा ठुलो जिम्मेबारी आएको छ ।

प्रतिकृया दिनुहोस्