RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/१५ गते
६३१ पटक

मुगु-हिमाली जिल्ला भनेर चिनिने मुगु जिल्ला अस्पताल सञ्चालन भएको लामो समय बितिसक्दा बल्ल एमडीजीवीसहित हिजोआज ८ जान डाक्टर जिल्ला अस्पताल ठिनी मुगुमा हँुदा स्थानीयवासीहरू जिल्लामै औषधि उपचार गर्न पाउँदा निकै खुसी भएका छन् ।

विगतमा अहेबको भरमा सञ्चालन हँुदै आएको जिल्ला अस्पताल पछिल्लो समयमा कोहीका नामक संस्थाले सुबिधा सम्पन्न भवन निर्माण गरी दिएपछि हिजोआज अस्पताल ठिनीमा विभिन्न रोगका अनुभवि ८ जना डाक्टरले सेवा दिइरहेका छन् ।

विगतका वर्षहरूमा सामान्य चोटपटकदेखि अन्य बिभिन्न समस्याका बिरामी हँुदा लाखै रुपैयाँ खर्च गरी सुर्खेत, नेपालगन्ज, काठमाडांै, भारतको लखनैउ जानु थियो अहिले जिल्ला अस्पतालबाट भिडियो एक्सरे, एक्सरे, गरी राम्रो चेकजाच राम्रो रिपोर्ट आउँदा निकै खुसी भएको खत्याड गाउँपालिका–६ का अंगबहादुर शाहीले बताएका छन् ।

१४ दिनमा घरमै बिराम लागेको थिायो घर बाट अस्पतालमा बेड भर्ना भएको ४ दिनमा धेरै स्वास्थ्यमा सुधार आएको छ । अझंै डाक्टरले नआतिनुहोस् २,४ दिन थप बस्नुहोस् पूर्णरूपमा सञ्चो हुन्छ अनि घर जानुपर्छ भनेर सल्लाह लिएका छन ।

हामी गरिब मान्छे रुसैया कहाँ पाउन्थीयौ अहिले जिल्ला अस्पतालबाट उपचार पाउँदा निकै खुसी भएको छायानाथ रारा नगरपालिका–७ बस्ने कुशुमकली नेपालीले बताएकी छन् ।

पछिल्लो समयमा कोइका नामक सस्थाले सुबिधा सम्पन्न अस्पताल बनाई दिइ पछि अहिले जिल्लामा एमडीजीबीरहित ८ जना बिभिन्न बिषयका डाक्टर रहेका छौं, बिषृश गरी अब जिल्ला अस्पतालबाट पुरुष बन्ध्याकरण, फिजियो थेरापी, एक्सरे, भिडियो एक्सरे,

हाइडोसिल, हनिया, एपेन्टीसाईड, सिएस, दाँतलागयतका सेवा दिइरहेका छौं केही समयपछि जिल्ला अस्पतालबाट अक्सिजन उत्पादन गर्ने र आँखाको उपचार सेवा दिर्ने हिसावले तयारी भइरहेकोको जिल्ला अस्पताल ठिनीका कार्यालय प्रमुख डाक्टर निमल नगरकोटीले जानकारी दिएका छन् ।

कारोबार दैनिकबाट दानबहादुर बूढा

प्रतिकृया दिनुहोस्