RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/१५ गते
६३४ पटक

काठमाडौँ ।  दशैँ, तिहार र छठलाई लक्षित गरी उपभोक्तालाई राहत दिने उद्देश्यले सहुलियत मूल्यका पसल सञ्चालनमा ल्याएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकाका १६ स्थानसहित देशभर ६५ वटा यस्ता सहुलियत मूल्यका पसल सञ्चालन हुने छन् ।

काठमाडौँ उपत्यकामा १६ स्थानसहित देशका अरू मुख्य सहरमा गरी ६५ वटा सहुलियत पसल सञ्चालन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

सहुलियत पसल आउँदो मङ्सिर ६ सम्म सञ्चालन गरिने छ । एकीकृत सहुलियत पसलमा चिनी, नुन, चामल, घिउ, दाल, गेडागुडीदेखि मासुसमेत सहुलियत मूल्यमा पाइने छ ।

उपत्यकामा सिंहदरबार, टेकु, कालीमाटी, कोटेश्वर, सतुङ्गल, ललितपुर, भक्तपुरलगायत ११ ठाउँमा सहुलियत पसल हुने छन् । त्यसै गरी साल्ट ट्रेडिङले काठमाडौँ उपत्यकामा तीन वटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गर्नेछ भने उपत्यकाबाहिर २४ वटा पसल सञ्चालन गर्नेछ ।

सहुलियत मूल्य पसलमा चामलमा प्रतिकिलो पाँच रुपियाँ, नुनमा प्रतिकेजी दुई रुपियाँ, बासमती चामल, गेडागुडी वा कर्णालीको सिमीमा प्रतिकिलो १० रुपियाँ छुट पाइने बताइएको छ ।

चिनीमा प्रतिकेजी पाँच रुपियाँ छुट पाइने छ । त्यस्तै च्याङ्ग्रा र खसी बोकामा जिउँदो मूल्यमा प्रतिकेजी रु. १० छुट दिइने मन्त्रालयले जनाएको छ ।

यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने चामल, दाल, गेडागुडीलगायत अनलाइनबाट खरिद गर्न सकिने थप व्यवस्था गरेको छ । सरकारले कोरोना जोखिममा भिडभाड कम होस भनेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट अनलाइनमार्फत सामान खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डीडीसी) ले बिक्री गर्ने सामानमा न्यूनतम दुई रुपियाँदेखि अधिकतम ३० रुपियाँसम्म छुट हुनेछ ।

प्रतिकृया दिनुहोस्