RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/१५ गते
१२६५ पटक

सरकारले मुख्यसचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठक मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

बैठकले प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत सिफारिस गर्ने निर्णय गरिएको छ ।

मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मी बेलायतको राजदूतको लागी सिफारीस भएका छन् । रेग्मीको कार्यकाल कात्तिक ११ गतेसम्म बाँकी थियो। मुख्यसचिवमा  आजै मन्त्रिपरिषदले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

राष्ट्रपतिले खतिवडा र रेग्मीलाई राजदूत नियुक्त गर्नुअघि संसदीय समितिले सरकारको सिफारिस अनुमोदन गर्नुपर्नेछ। त्यसका लागि संसदले चाँडै नै सुनुवाइ प्रक्रिया सुरू गर्नेछ।

 

प्रतिकृया दिनुहोस्