RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/१६ गते
५३६ पटक

मुगु र तिब्बतको सीमामा रहेको नाक्चेलाग्ना सीमामा सशस्त्र प्रहरी बलको (बीओपी) पोस्ट राख्ने भएको छ ।
जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिका–२, मुगुमगाउँमा बीओपी पोष्ट राख्ने तयारी भइरहेको सशस्त्र प्रहरी बल नेपालको ४५ नम्बर गुल्म मुगुले जनाएको छ । कार्यालयका अनुसार नाक्चेलाग्नामा सीमा सुरक्षालगायत अन्य रेखदेख गर्ने गरी मुगुगाउँमा पोष्ट राख्ने तयारी भइरहेको बताइएको छ ।

नाक्चेलाग्ना सीमामा बीओपी राख्ने प्रक्रिया अन्तिम चरणमा पुगेको सशस्त्रप्रहरी बल नम्बर ४५ गुल्म मुगुका डीएसपी खुमबहादुर केसीले जानकारी दिएका छन् । डिएसपी केसीका अनुसार बीओपी पोष्ट स्थापनाका लागि गृहकार्य गरी गृह मन्त्रालयमा सबै प्रक्रिया गरी कागजपत्र बुझाइसकेको समेत बताएका छन् ।

गृह मन्त्रालयबाट आदेश जारी भएपछि दसैंअघि वा लगत्तै मुगुको नाक्चेलाग्नामा सीमा सुरक्षा रेखदेख गर्ने गरी मुगुमकार्मारोङ गाउँपालिका–२, मुगुगाउँमा पोष्ट राख्ने तयारी रहने केसीले जानकारी दिएका छन् ।

यो ठाउँ समुद्री सतहदेखि करिब ३ हजार २ सय मिटर उचाइमा छ । नाक्चेलाग्ना सिमा भने ठाउँ समुन्दीय सतहदेखि ४ हजार ९ सय ८६ मिटर उचाइमा छ । सशस्त्रले मुगुगाउँमा पोष्ट राखिसकेपछि मात्र तिन्जे र चाक्से नाकामा राख्ने योजना बनाएको समेत बताएका छन् ।

स्थायी रूपमा संरचना बनाउन स्थानमा जग्गा हेरिएको उनले बताए । त्यहाँ जग्गाको समस्या छैन, प्राविधिक रूपमा जहाँ उपयुक्त हुन्छ त्यही ठाँउमा भवन बनाउन सकिन्छ छ । सशस्त्र बल प्रहरी तयारी अवस्थामा छ भने त पोष्ट स्थापना गर्न कुनै कठिनाइ छैन ।
सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीको नेतृत्वमा गएको सीमामा बीओपी र तिब्बतर नेपालको मुगु सीमामा रहेको १३ नम्वर सिमा पिल्लर र सीमा अतिक्रमण नभएको बताएका छन् ।

१३ नम्बरको सीमा पिल्लर पहिलो जुन ठाउँमा छ अहिले सोही ठाउँमा रहेको छ । समिामा सशश्त्रबालको बीओपी पोष्ट राख्ने ठाउँ पनि उपयुक्त रहेको सिमा अनुगमन गर्न गएका टोली प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले बताएका छन् । कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्