RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/१६ गते
१४७६ पटक

काठमाडौं । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको  देउखुरी बनाउने निर्णय गरेको छ। सत्तारूढ दल नेपाल कम्युनि पार्टी नेकपाका दुबै अध्यक्षको सहमति पछि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो।

प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको  देउखुरी बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको एक मन्त्रीले बताए। प्रदेश ५ सरकारले स्थायी राजधानी दाङको भालुवाङबनाउने प्रस्ताव प्रदेशसभामा दर्ता समेत गरेको छ ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा पेस गरेका छन् । उक्त प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुंगो लाग्नेछ । राजधानी र नामांकरणका लागि दुई तिहाई मत चाहिन्छ। प्रदेश सभामा नेकपाको दुईतिहाई मत रहेको र केन्द्रबाटै ह्विप जारी भएकोले राजधानीको विषयमा मत पूरा हुने देखिएको छ।

नेपालको संविधानले प्रदेश राजधानी र प्रदेशको नाम तोक्ने अधिकार प्रदेश सभालाई दिएको छ । यसअघि गण्डकी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशले नाम र राजधानीबारे टुंगो लगाइसकेको छ । प्रदेश १ र प्रदेश २ ले भने नाम र राजधानीबारे टुंगो लगाउन सकेको छैन ।

 

प्रतिकृया दिनुहोस्