RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/१७ गते
६७१ पटक

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २,१२० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । उनीहरुमध्ये ५२८ जनाको मृत्यु भएको छ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ९७८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप २,०४४ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको ६२ हजार ७४० पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा ४हजार २७३ जना रहेका छन्।

प्रतिकृया दिनुहोस्