RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/१७ गते
८३९ पटक

काठमाडौं, शुक्रवार गरिएको पिसिआर परीक्षणमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मुख्य सल्लाहकार रिमाल र थापाले आफूहरुको रिपोर्ट पोजेटिभ आएको भन्दै सम्पर्कमा रहेका ब्यक्तिलाई पिसिआर परीक्षण गराउन सुझाव दिनुभएको छ । रिमालले सामाजिकमार्फत आफूलाइृ कोरोना संक्रमण भएको जानकारी दिनुभएको छ ।

‘हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ, रिमालले भन्नुभएको छ । यस्तै परराष्ट्र सल्लाहकार भट्टराई र प्रेस सल्लाहकार थापाले पनि आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको छ । यस्तै भट्टराईले पनि कोरोना संक्रमण भएको जानकारी गराउनु भएको छ ।

‘हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ,’ थापाले भन्नुभएको छ । चारै जनामा कोरोना पुष्टि भएको हो । छ ।

प्रतिकृया दिनुहोस्