RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२१ गते
१२६४ पटक

जुम्ला-जिल्ला कारागार जुम्ला नजिक करोडौको लगानीमा नयाँ बसपार्क निर्माण भएको वर्षौ बित्यो । सवारी एकै ठाउँबाट नछ्टदा यात्रुले सास्ती पाईरहेका छन् । तर नयाँ बसपार्क निर्माण भएको २-३ वर्ष बितिसक्दा समेत संचालनमा आएको छैन् ।

जुम्लामा संचालन हुने तथा ठुला यात्रुवाहक सवारीका लागि सुविधा सम्पन्न देखि फराकिलो बसपार्क बनाउँदा पनि संचालनमा नआउँदा यात्रुले कष्ट पाएका छन् ।

पटक पटक छलफल गर्दा पनि बसपार्क संचालनको विषय टुंगो नलाग्दा यातायात क्षेत्रमा मनपरी चलेको छ । चन्दननाथ नगरपालिका, प्रशासन, ट्राफिक कार्यालयले यातायात व्यवसायीलाई बसपार्कबाटै सवारी छुटाउन आग्रह गरेपनि यातायात व्यवसायीले अटेरी गर्दा संचालनमा नआएको बुझिएको छ ।

नयाँ बसपार्क संचालन नहुँदा मनपरी भाडा असुल्ने, बजारका कुना कुनामा काउन्टर खोल्ने, दुर्घटनाको जोखिम बढेको बढ्ढै, अस्तबेस्त जुम्लामा जुम्लाको यातायात क्षेत्र चलिरहेको छ ।

टेण्डर भयो, संचालन भएन
निर्माण सम्पन्न नयाँ बसपार्क संचालनमा नआएको विषयमा टिकाटिप्प्णी भएपछि चन्दननाथ नगरपालिकाले टेण्डर आह्वान गर्यो । जुन टेण्डर मुगुको रारा छाँयानाथ यातायात प्रालीले पायो । टेण्डर पाएको दुई महिना बढी भईसक्दा पनि रारा छाँयानाथ यातायात प्रालीले बसपार्क संचालनमा ल्याउन सकेको छैन् । बसपार्कमा पानी, बत्ती, टेलिफोन, बस्ने चौतारी निर्माण नभए सम्म संचालन नगर्ने माग गरेको नगरपालिकाले जनाएको छ ।कारोबार दैनिकबाट ….

प्रतिकृया दिनुहोस्