RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२० गते
४८० पटक

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वका १० प्रतिशत मानिस कोरोना भाइरस (कोभिड-१९) संक्रमित हुन सक्ने बताएको छ । डब्लुएचओले विश्वमा रहेका हरेक १० मानिसमध्ये एक जना संक्रमित हुनसक्ने बताएको हो ।

डब्लुएचओका एक उच्च अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरे अनुसार अझै विश्वका धेरै क्षेत्रमा जोखिम कायमै छ । विश्वभर तीन करोड ५४ लाख भन्दा बढी मानिस संक्रमित भएको डब्लुएचओको तथ्यांक छ । तर, पुष्टि भएकाको संख्या भन्दा वास्तविक संक्रमितको संख्या कयौँ गुणा धेरै हुने विज्ञले बताउँदै आएका छन् ।

कोरोना महामारीको विषयमा छलफलका लागि स्वीट्जरल्याण्डको जेनेभामा डब्लुएचओको विशेष बैठक बसेको हो । महामारीको १० महिना भइसक्दा पनि अझै नियन्त्रणमा आउने वा कमजोर हुने कुनै संकेत देखिएको छैन ।

प्रतिकृया दिनुहोस्