RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२१ गते
६३८ पटक

काठमाडौं : सरकारले कोरोनाबाट रोकिएको सबै परिक्षा सञ्चालन गर्ने अनुमति दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सुरक्षा मापदण्ड अपनाएर रोकिएको सबै परीक्षा सञ्चालन गर्ने दिने निर्णय भएको बताए।

संघीय, प्रदेश र स्थानीय तहबाट सञ्चालनमा भएका आयोग, विश्वविद्यालय, प्रतिष्ठान शिक्षण संस्थाहरूलाई परीक्षा सञ्चालन गर्न दिने सैद्धान्तिक स्वीकृति दिइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए।

‘स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर सबै तहबाट सञ्चालन हुने परिक्षा सञ्चालनको अनुमति दिने निर्णय भएको छ’ उनले भने। सरकारका सबै तहबाट सञ्चालन भएका व्यवसायी तालिम सञ्चालनका लागिसमेत स्वीकृति दिएको उनले बताए। ‘तीनै तहका सरकारबाट सञ्चालनमा भएका व्यावसायिक तालिम सञ्चालन गर्न दिने निर्णय भएको छ। जसमा स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर २५ जनाभन्दा कम हुनुपर्छ’ उनले भने।

प्रतिकृया दिनुहोस्