RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२३ गते
८३४ पटक

संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन)सम्बन्धी मापदण्ड–२०७७ लागू गरेर परीक्षा सञ्चालन गर्ने लोकसेवा आयोगको तयारी छ । मापदण्डअनुसार परीक्षाहलमा परीक्षार्थीका लागि मास्क अनिवार्य गरिएको छ, जसबाट नक्कली परीक्षार्थी परीक्षामा सहभागी हुने जोखिम देखिएको छ ।

कोरोना महामारीबीच लोकसेवा आयोगले स्थगित र नयाँ परीक्षाको कार्यतालिका धमाधम सार्वजनिक गरेको छ । स्वास्थ्यसम्बन्धी मापदण्ड लागू गरेर कात्तिकदेखि परीक्षा सञ्चालन गर्ने लोकसेवाको तयारी छ । तर, यसले नक्कली परीक्षार्थी बढ्ने जोखिम बढाएको छ ।

संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन)सम्बन्धी मापदण्ड–२०७७ लागू गरेर परीक्षा सञ्चालन गर्न लागिएको छ । यो मापदण्डअनुसार परीक्षाहलमा परीक्षार्थीका लागि मास्क अनिवार्य गरिएको छ, जसबाट नक्कली परीक्षार्थी परीक्षामा सहभागी हुने जोखिम देखिएको छ ।

मास्कका कारण परीक्षार्थीको अनुहार पहिचान गर्न गाह्रो हुँदा एउटाको परीक्षामा अर्काे व्यक्ति सहभागी हुन सक्ने जोखिम छ । आयोगको बैठकमा समेत जोखिम बढ्न सक्नेबारे छलफल भएको थियो । तर, मापदण्डमा यससम्बन्धी केही उल्लेख छैन । तर, आयोग सचेत रहेको प्रवक्ता गीताकुमारी होमेगाईले बताइन् ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस्