RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२३ गते
४८८ पटक

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद (सिटिईभिटी)ले कोरोनाभाइरस महामारीका कारणले स्थगित भएका विभिन्न तहका परीक्षा दसैंलगत्तै सञ्चालन गर्ने भएको छ।

परिषद्ले एक सूचना निकाल्दै, २०७६ चैत ६ गते र त्यसपछिका परीक्षा कोरोना महामारीले स्थगित गरिएकोमा ती परीक्षाहरू कात्तिक तेस्रो साताबाट सञ्चालन गरिने जनाएको छ । परिषदबाट सञ्चालन हुने डिप्लोमा, प्रमाणपत्र तह र प्राविधिक एसएलसी तहका नियमित र आंशिक परीक्षा कोरोना महामारीले गर्दा स्थगित भएका थिए।

नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै परीक्षाहरू सञ्चालन गर्ने तयारी गरिएको परिषदले निकालेको सूचनामा जनाइएको छ । परिषदले छिट्टै परीक्षा तालिका सार्वजनिक गरिने पनि बताएको छ ।

प्रतिकृया दिनुहोस्