RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२६ गते
५२३ पटक

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका २ करोड ८३ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड ८३ लाख ४६ हजार ४५५ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १० लाख ८१ हजार ४०८ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ३ करोड ७७ लाख ४० हजार २२७ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख १९ हजार ६९५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ७९ लाख ९१ हजार ९९८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४१ हजार ९३५ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ३२५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९ हजार १८४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ८१३ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार ७५७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७१ लाख १९ हजार ३०० पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५० लाख ९४ हजार ९७९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २७० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ५० हजार ५०६ पुुगेको छ ।

प्रतिकृया दिनुहोस्