RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२७ गते
४५९ पटक

लन्डन– यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीहरू पाउल मिल्ग्रोम र रोबर्ट विल्सनलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।

अर्थशास्त्रीद्वय मिल्ग्रोम र विल्सनले गरेको अक्सन थ्योरीको योगदानका लागि यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजले जनाएको छ । लिलामी सिद्धान्तमा सुधार र नयाँ लिलामी प्रारूपको आविष्कारका लागि यो पुरस्कार दिइएको हो ।

अर्थशास्त्रतर्फको पुरस्कारलाई स्भेरिजेस रिस्कबैंक प्राइज इन इकोनोमिक्सको रूपमा चिनिन्छ । यसलाई स्वीडेनको केन्द्रीय बैंकले प्रदान गरेको हो र उद्योगपति अल्फ्रेड नोबेलेको सम्झनामा १९६९ देखि प्रदान गरिदै आएको थियो ।

गत वर्ष यो पुरस्कार अभिजित बनर्जी, इसल डुफ्लो र माइकल क्रेमरलाई गरिबी निवारणमा उनीहरूको योगदानका लागि प्रदान गरिएको थियो । डुफ्लो. मासाचुसेट्स इन्सटिच्यूट अफ टेक्नोलोजीका प्राध्यापक थिइन् । उनी यो पुरस्कार पाउने सर्वाधिक कम उमेरको र दोस्रो महिला हुन् ।
अर्थशास्त्रको नोबल पुरस्कार १९६९ देखि हाल सम्म ५२ पटक ८८ विद्वानलाई विद्वानहरूलाई प्रदान गरिएको छ । २०१६ मा अर्थशास्त्रको नोबेल पुरस्कार ओलिभर हार्ट र बेङगट होल्मोस्ट्रोनलाई प्रदान गरिएको थियो ।

उनीहरूलाई कन्ट्रयाक्ट थ्योरीका लागि यो पुरस्कार प्रदान गरिएको थियो । यो थ्योरी भनेको कसरी व्यक्ति र व्यवसायले व्यवसाय निर्माण गर्छन् र कानुनी सम्झौता विकास गर्छन् भन्ने हो ।
२०१७ को अर्थशास्त्रको नोबेल पुरस्कार रिचार्ड एच थालरलाई प्रदान गरिएको थियो । यो बिहाभिरल इकोनोमिस्को योगदानका लागि प्रदान गरिएको थियो । बिहाभिरल इकोनोमिक्स भनेको आर्थिक निर्णय लिदाको समयमा गरिने मनोवैज्ञानसँगको अध्ययन हो ।

२०१८ को अर्थशास्त्रको नोबेल पुरस्कार विलियम डी नर्डहाउसलाई प्रदान गरिएको थियो । उनलाई यो पुरस्कार दीर्घकालिन अवधिमा बृहत अर्थसास्त्रको विश्लेषणमा जलवायु परिवर्तनलाई एकिकृत गरेको आधारमा प्रदान गरिएको थियो ।

सोही वर्ष यो पुरस्कार यसै योगदानका लागि पाउल एम रोमरलाई पनि प्रदान गरिएको थियो । २०१९ को अर्थशास्त्रको नोबेल पुरस्कार अभिजित बनर्जी, इस्थर डुफ्लो र माइकल क्रेमरलाई संयुक्त रूपमा प्रदान गरिएको थियो । उनीहरूको विश्वव्यापी गरिबी निवारणको परीक्षणात्मक विधिका लागि दिइएको थियो ।

एजेन्सी

प्रतिकृया दिनुहोस्