RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२९ गते
८६४ पटक

काठमाडौँ । बुढीगण्डकी परियोजनामा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अर्बौं घुस लिएको भनी पूर्वप्रधानमन्त्री एवं जसपा नेता बाबुराम भट्टराईले दिएको अभिव्यक्तिप्रति नेकपाले आपत्ती जनाएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गर्दै भट्टराईको आरोप झुटो, कपोलकल्पित, आधारहीन र दुराशयपूर्ण भएको बताएका छन् । ‘नेपाल कम्युनिष्ट पार्टी त्यसलाई पूर्णरुपमा खारेज गर्दै घोर भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

भट्टराईले केही दिन पहिले गोरखामा आयोजित एक कार्यक्रममा बुढीगण्डकी परियोजनामा ओली, प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले ९ अर्ब घुस लिएको प्रमाण आफूसँग भएको दावी गरेका थिए । भट्टराईको अभिव्यक्तिपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि विज्ञप्ति प्रकाशित गरी उनलाई प्रमाण देखाउन चुनौती दिएका थिए

प्रतिकृया दिनुहोस्