RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/२ गते
४०८ पटक

दसैंमा खसीबोका र च्याङ्ग्रा खरीद गर्दै हुनुहुन्छ भने होसियार हुनुहोला । बजारमा स्वास्थ्यलाई प्रत्यक्ष असर पर्ने बिरामी खसी पनि बिक्री भएका हुन सक्छन् । यदि खसीबोकाको सिङमा रातो चिह्न लगाइएको छ भने त्यो अस्वस्थकर हो । स्वस्थकर खसीबोका र च्याङ्ग्राको सिङमा हरियो रङ लगाइएको हुन्छ । खरिद गर्दा हरियो रङ हेरेर खरिद गर्नुपर्नेछ ।

दसैंमा बजारमा खसीबोकोका खपत धेरै हुँदा व्यवसायीले विरामी अस्वस्थकर खसीबोका भित्र्याउनसक्ने भन्दै काठमाडौ महानगरपालिका अन्तर्गतको पशुसेवा महाशाखाले शनिवारदेखि खसीबोका र च्याङ्ग्राको स्वास्थ्य परीक्षण सुरु गरेको छ । स्वस्थकर र अस्वथकर छुट्याउनका लागि दुई वटा रङ लगाइएको महाशाखाले जानकारी दिएको छ ।

रातो रङ लगाइएको खसीबोका खरिद नगर्न समेत महाशाखाले उपभोक्तालाई आग्रह गरेको छ । दसैंमा उपत्यकामा खसीाबोकाको खपत धेरै हुने हुँदा स्वास्थलाई असर पर्ने विरामी अस्वस्थकर खसीबोका भित्रिनसक्ने भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि दुई वटा रङ लगाइएको हो ।
महानगरपालिकाको पशुसेवा महाशाखाको टोलीले शनिवारदेखि टुकुचा र कलंकी खसीबजारबाट जाँच्न सुरू गरेर निरोगी खसीबोका, भेडाच्याङ्ग्राको सिङमा टोलीले हरियो रङ लगाउन सुरु गरेको हो । महाशाखा प्रमुख डा अवधेश झाले बजारमा स्वस्थ्यकर खसीबोका र च्याङ्ग्रा चिन्न सहज होस भनेर संकेतका रुपमा दुई वटा रङ लगाइएको जानकारी दिए ।

“स्वस्थ्य, स्वच्छ माछामासुजन्य खाद्य उत्पादनको उपभोग र बजारीकरण तथा मासुको स्रोतका रूपमा प्रयोग हुने चौपायाको व्यापार र बजारीकरणमा सहज होस् भनेर हामीले निरीक्षण, अनुगमन सुरु गरेका छौ,” उनले भने, “उपभोक्तालाई चिन्न सहजको लागि स्वस्थ चौपाया सिङमा हरियो र अस्वस्थकरको रातो रङ लगाएका छौं ।”

खसी, बोका, भेडा, च्याङ्ग्राको सिङमा हरियो रङ छ भने त्यो निरोगी भएकाले किनेर लान वा त्यसको मासु खान योग्य हुने उनको भनाइ छ । रातो रङ भएको रोगीको संकेत गरिएकाले त्यसलाई किनेर लान वा त्यसको मासु खान नहुने उनको भनाई छ । परिक्षण गर्दा अस्वस्थकर खसीबोका पाइएमा तिनको बिक्रीमा समेत रोक लगाइने उनले जानकारी दिए ।

अनुगमन टोलीले टोलीले निरोगीको शनिवारदेखि सिङमा हरियो र रोगीको सिङमा रातो रङ लगाउन थालेको जानकारी दिएको छ । उनका अनुसार चौपायाको स्वास्थ्य परीक्षण गर्दा ज्वरो आए नआएको, नाकबाट सिँगान बगेर नबगेको, झोक्राए नझोक्राएको, पातलो दिसा भए नभएको, चोटपटक जस्ता सामान्य स्वास्थ्य अवस्थाका विषयमा पशु चिकित्सकले परीक्षण गरेपछि सिङमा रङ लगाउने गरिन्छ । शनिबार गरिएको परीक्षणमा दुई वटा खसीबोका अस्वस्थ्कर भेटिएको महाशाखाले जानकारी दिएको छ ।

दसैं सुरुभएसँगै उपत्यकामा ठूलो संख्यामा खसीबोका भित्रिन थालेका छन् । निजी व्ययवसायीले विभिन्न जिल्लामा खसीबोका ल्याउन सुरु गरेका छन् । घटस्थापनाको दिनदेखि उपत्यकामा खसीबोका किनबेच धेरे हुने गर्छ । यो वर्ष ४० हजार संख्यामा उपत्यकामा खसीबोका र च्याङ्ग्रा खपत हुने व्यवसायीले अनुमान गरेका छन् । कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्