RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/६ गते
५२५ पटक

जुम्ला । कर्णाली प्रदेशको जुम्ला, सुर्खेत नेपालगन्जमा दशैं अवधिभर सहुलियत हवाई सेवा संचालन गरिएको छ । नागरिकको राहतका लागि अघिपछिको भाडादर भन्दा १४ सय कम मुल्यमा हवाई संचालन भईरहेको हो ।

“गो कर्णाली टुर एण्ड ट्राभल्सले” कात्तिक १ गतेदेखि ४ हजार १ सयमा नेपालगञ्ज–जुम्ला, जुम्ला–नेपालगञ्जसम्म सुर्खेत जुम्ला सहुलियतमा हवाई सेवा प्रादन गरिरहेको छ ।

जुम्ला नेपालगन्जको हवाई भाडा ५ हजार देखि ५ हजार ५ सय सम्म छ । तर “गो कर्णाली टुर एण्ड ट्राभल्सले” दशैअवधिभर मात्र ४ हजार १ सयमा सहुलियत उडान गरिरहेको कर्णाली पर्यटन उत्थान समितिका संयोजक ललितजङ्ग महतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दशैं अवधिभर जुम्ला, सुर्खेत र नेपालगन्जमा सिता एयरले सहुलियत हवाई उडान गर्ने छ । कोरोनाले गर्दा मर्कामा परेका जिल्ला बाहिर रहेका व्यक्तिहरुको राहतका लागि सहुलियतमा हवाई सेवा सूचारु गरिएको हो ।” कोरोनाबाट आक्रान्त भएका नागरिकलाई दशैको समयमा केही रकम सहुलियत दिने उद्देश्यले सहुलियत हवाई उडान गरेको संयोजक महतको भनाई छ ।

अन्य हवाई कम्पन्नीले ५ हजार ५ सय रुपैया भाडा लिने गरेका छन् तर हामीले अहिले प्रति व्यक्ति एक हजार चार सय रुपैया सहुलियत दिएका छौँ । कर्णालीमा आउने आन्तरिक पर्यटक प्रर्वद्धन गर्नका लागि पनि सहुलियत हवाई सेवाको थालनी गरिएको मतहले उल्लेख गर्नुभयो ।

चार दिनमै १९० जनाले चढे जहाँज

विगतको जस्तो सबपार्क, विमानस्थलमा घर फर्किने चाप नभएपनि दशैं मनाउन पुर्खेउली थलो आउने जाने क्रम जारी छ । हवाई भाडा महंगो भएकै कारण गाडी चड्ने अधिकांशले यसपाली सुर्खेत, नेपालगन्ज, जुम्ला आउने जाने जहाजनै चढेका छन् । कार्तिक १ गते देखि ४ गते सम्मको तथ्यांक अनुसार सहुलियत हवाई सेवा प्रयोगकर्ता १ सय ९० जना पुगेका छन् ।

जुम्लाबाट दशै मनाउन जाने र जिल्लामा भित्रिने व्यक्तिहरुले सहुलियत भाडा भएपछि जहाज चड्ने ह्वात्तै बढेको कर्णाली पर्यटन उत्थान समितिका संयोजक ललितजङ्ग महतले बताउनुभयो । सिता एयरले १ कात्तिकदेखि एक चरणमा सहुलियत सेवामा हरेक दिन दुई वटा उडान राखेपछि १ सय ९० जनाले सहुलियत सेवा लिएको तथ्यांक छ ।

सहुलियत भाडा कायमै राख्ने तयारी

एयरलाईन्स पनि घाटामा नजाने र नागरिकले पनि राहत पाउने गरी सहुलियत भाडादरलाई आगामी दिनमा पनि निरन्तरता दिने तयारी भईरहेको छ । सहुलियत भाडादरले जनतालाई राहत पुग्ने भएकोले अन्य समयमा पनि निरन्तरता दिने प्रयास भईरहेको सिता एयरले जानकारी दिएको छ । सिता एयर नेपालगञ्ज क्षेत्रीय निर्देशक मनोज भारतीले अहिले जस्तै सेवा अन्य समयमा समेत दिने जहाँज र गो कर्णाली बीच प्रयास स्थानीयले प्रथामिकता दिन आवश्यक रहेको बताउनुभयो ।

५/६ हजार महंगो भाडा तिर्ने गरे पनि भनेको बेला टिकट नपाइरहेको अवस्थामा सस्तो पनि भनेकै बेलामा टिकट पाईने गरी व्यवस्थापन गर्न लागिएको भारतीले उल्लेख गरे कर्णाली पर्यटन उत्थान समितिका संयोजक महतले बढीमा ४ हजार ५ सय रुपैयामा हवाई सेवा दिन सकिने अवस्था हुदा पनि महंगो भाडा गरिएको बताउँछन् । सिता एयर सहुलियत लिएकै हवाई भाडा कर्णालीमा लागु हुनु पर्ने नागरिकहरुको माग छ ।

http:www.onlineradionepal.gov.np

प्रतिकृया दिनुहोस्