RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/६ गते
५७५ पटक

काठमाडौं, सरकारले दशैं बिदामा पनि देशभरका सम्पूर्ण कोभिड अस्पताल तथा प्रयोगशालाहरु सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

संभावित संकटलाई मध्यजनर गरी स्वास्थ्य तथा जनसंख्या मान्त्रालयले दशैं बिदामा पनि देशभरका कोभिड अस्पताल तथा प्रयोगशालाहरु सञ्चालन गर्ने निर्णय लिएको हो ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आवश्यकताअनुसार दशैमा सबै कोभिड अस्पताल र प्रयोगशालाहरु खुलाउने निर्णय गरी परिपत्र गरिसकेको जानकारी दिनुभयो ।

स्वास्थ्य प्रवक्ता गौतमका अनुसार सर्वसाधरणलाई असुविधा नहोस र बिरामीले सहज उपचार पाउन भन्ने उदेश्यका साथ दशैंलगायत अन्य चाड पर्वमा पनि कोभिड अस्पताल नियमित रुपमा सञ्चालनमा ल्याउन लागिएको हो ।

प्रतिकृया दिनुहोस्