RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/८ गते
७२२ पटक

काठमाडौँ – देशका अधिकांश क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालादेश आसपासमा न्यून चापीय क्षेत्र विकास भएकाले त्यसको सामान्य प्रभाव परेको हो ।

हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली भएको छ ।

शनिबार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १ मा सामान्य बदली तथा बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्