RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२२ गते
७६७ पटक

माघ २२ ।  उपाध्यक्ष बामदेव गौतम प्रमुख रहनुभएको संगठन बिभागलाई सात ओटै प्रदेशका इञ्चार्जलाई समेटदै १५ सदस्यीय बनाइएको हो ।

त्यसपछि गत असोज २९ गते बसेको सचिवालय बैठकले तीन जना सदस्य थप गरेको थियो । जस्म बागमति प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यसहित भानुभक्त ढकाल र हरिराज अधिकारीलाई सदस्य बनाइएको थियो ।

यही माघ १९ गते बसेको सचिवालय बैठकले अन्य प्रदेशका इञ्चार्जलाई समेत समेटेको छ । जस्मा प्रदेश ५ का इञ्चार्ज शङ्कर पोखरेल र गण्डकी प्रदेशका इञ्चार्ज पृथ्वीसुब्बा गुरुङ, सुदुरपश्चिम प्रदेश इञ्चार्ज भीम रावल, प्रदेश १ का इञ्चार्ज भीम आचार्य र प्रदेश २ का इञ्चार्ज

सत्यनारायण मण्डल थपिनुभएको छ । यसैगरी सुदन राई, जगप्रसाद शर्मा, मातृका यादव, खगराज भट्ट र रेखा शर्मालाई पनि संगठन विभागको सदस्यमा थप गरिएको छ ।

प्रतिकृया दिनुहोस्