RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/१३ गते
६९४ पटक

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप २,३६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कोरोना सम्बन्धि अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घण्टामा थप २।३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगेको छ । उनीहरुमध्ये ९०४ जनाको मृत्यु भएको छ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार ७६९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप ३ हजार ३८ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको एक लाख २४ हजार ८६२ पुगेको छ। मन्त्रालयका अनुसार नेपालमा कोरोनामुक्त हुने प्रतिशत ७५.८ रहेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा २ हजार ६८९ जना रहेका छन्।

प्रतिकृया दिनुहोस्