RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२२ गते
९१३ पटक

माघ २२ ।  लामो अनुसन्धान पूरा गरी अख्तियारले आज बिशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।

मुद्दा दर्ताको तयारीका लागि बिहानदेखि प्रमुख आयुक्त नवीन घिमिरेको अध्यक्षतामा आयोगको बैठक बसेको थियो । बैठकको निर्णयलगत्तै अख्तियारको टोली बिशेष अदालत पुगेर मुद्दा दायर गरेको हो ।

अख्तियारले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी तथा पुर्वकर्मचारीहरु मध्येबाट अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वमन्त्री छबिराज पन्त र दिनेशहरि अधिकारीसहित १७५ जनाविरुद्ध मुद्दा दायर भएको हो ।

सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरी हिनामिना गरिएको निश्कर्षसहितको छानबिन प्रतिवेदन एक सरकारी समितिले दिएपछि यसबारेमा थप अनुसन्धान गर्न सरकारले संवैधानिक आयोग र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई निर्देशन दिएको थियो ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भूमाफिया र कर्मचारीको मिलोमतोमा बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना भएको निष्कर्षसहित अनुसन्धान प्रतिवेदन सरकारलाई बुझाइसकेको छ ।

 

प्रतिकृया दिनुहोस्