RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/१४ गते
५९८ पटक

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंमा एक हजार पाँच सय संख्यामा खसीबोका बिक्री गरेको छ । कम्पनीले दाङ र मकवानपुरबाट ल्याएर एक हजार पाँच सय ९ वटा खसीबोका बिक्री गरेको हो ।

दसैंमा बजारमा खसीबोकाको खपत धेरै हुने भएकाले बजार मूल्य निर्धारणका लागि प्रत्येक वर्ष कम्पनीले आफैं बिक्री गर्दै आएको छ । यस वर्ष एक हजार पाँच सय ११ वटा खसीबोका ल्याएकोमा दुई वटा मरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले प्रतिकेजी पाँच सय ५० रुपैयाँमा बिक्री गरेको थियो ।

प्रतिकेजी पाँच सय ६० रुपैयाँ निर्धारण गरेकोमा प्रतिकेजीमा १० रुपैयाँ छुट दिएर कम्पनीले खसीबोका बिक्री गरेको थियो । बजार मूल्य सस्तो भएकाले पनि तीन दिनमै कम्पनीले खसीबोका बिक्री सकेको थियो । बजारमा ६ सयदेखि ६ सय ५० रुपैयाासम्म मूल्य कायम थियो ।
बजार मूल्यभन्दा सस्तो भएकाले पनि तीन दिनमै बिक्री सकिएको कम्पनीले जानकारी दिएको छ ।

यो वर्ष कम्पनीले च्याङ्ग्रा भने बिक्री गरेन । च्याङ्ग्रा महँगो भएको र खरिद गर्न नपाएकाले बिक्री नगरेको कम्पनीले जानकारी दिएको छ । दसैंमा उपत्यकामा खसीबोकोको खपत धेरै हुने हुँदा व्यवसायीले मनपरी मूल्य लिइ उपभोक्ता ठग्न सक्ने भन्दै कम्पनीले बजार मूल्य नियन्त्रण गरी उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउनका लागि बिक्री गरेको थियो ।

निजी व्यवसायीले ठूलो सख्यामा खसीबोका ल्याएर बिक्री गरेका थिए । स्वदेशी उत्पादनले नपुगेपछि छिमेकी भारतबाट ल्याएर बिक्री गरेका थिए । दसैंमा उपत्यकामा खसीबोका खपत धेरै हुने गर्छ ।कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्