RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/१४ गते
१४२६ पटक

जुम्ला तातोपानी गाउँपालिकाले कोभिड अस्पताल सुरु गरेको छ। तातोपानी गाउँपालिकाले ६ नम्बर वडाको ऐरेनीमा पाँच बेडको अस्थायी कोभिड अस्पताल सुरु भएको हो ।

तातोपानी गाउँपालिका अनुसार अहिले साधारणतय आइसोलेसनमा हेन बेड मात्र राखिएको छ। आवश्यक सुविधा थप्दै जाने योजना रहेको गाउँपालीका स्रोतले बताएको छ। यस कोभिट अस्पतालमा आबश्कता अनुसार आइसियु, भेन्टिलेटरसहितका उपकरण थप्ने तयारी गाउँपालीकाले गरेको छ।

तातोपानी गाउँपालिकाको अस्थायी कोभिड अस्पतालका लागि दुई पटक विज्ञापन गर्दा पनि मेडिकल अधिकृतको चिकित्सक आवेदन परेको छैन। अहिले दुई जना स्टाप नर्स र एक जना कार्यालय सहयोगी कार्यरत छन्।अहिले ७ जना सक्रिय कोरोना संक्रमित त्यस अस्पतालमा उपचारत रहेका छन्।

गएको चैतदेखि यता १२ जना मात्रलाई संक्रमण देखिएको गाउँपालीका स्वास्थ्य संयोजक चौलागाईले जानकारी दिएका छन् । यस मध्ये ५जना निको भएर घर फर्किसकेका छन्। उनले भने पालिकाभरी ८ सय भन्दा बढीको पीसीआर परीक्षण गरिएको छ। ५० बेडको गाउँपालिकामा आइसोलेसनसमेत रहेको स्वास्थ्य संयोजनकले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्