RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/१४ गते
७५९ पटक

काठमाडौं । बाणिज्य बैंकहरुले लाभांश घोषणा गर्न सुरु गरेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७६\७७ को नाफाबाट लाभांश घोषणा गरेका हुन् । हालसम्म ८ वटा बाणिज्य बैंकहरुले लाभांश घोषण गरिसकेका छन् । भने २७ वटा बाणिज्य बैंकहरुमध्ये धेरै बैंकले लाभांश घोषणाको अन्तिम तयारीमा छन् ।

लाभांश घोषणा गरेका ८ वटा बैंकहरुको प्राथमिकतामा पनि बोनस सेयर नै परेको देखिन्छ । लाभांश घोषणाले बैंकहरुकोे सेयर मूल्यमा पनि उचार चढाव आईरहेको छ ।

कुन बैंकको लाभांश कति ?

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६\७७ मा आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश गरी जम्मा १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

एनआइसी एसिया बैंक

एनआइसी एसिया बैंक लिमिटेडले आर्थिक वर्ष २०७६\७७ मा आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले १९ प्रतिसत बोनस र १ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७६\७७ मा आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । १३ प्रतिशत बोनस र ३ प्रतिसत नगदसहित १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंक (एससीबी) ले ७ प्रतिशत बोनस सेयर दिने भएको छ । ७ प्रतिशत बोनस सेयर र प्रतिकित्ता ४ रुपैयाँ ८४ पैसा नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कुमारी बैंक

कुमारी बैंकले आर्थिक वर्ष २०७६\७७ मा आफ्ना शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । १० प्रतिशत बोनस र ४ प्रतिशत नगदसहित १४ प्रतिशत लाभांश घोषणा गरेको हो ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७६\७७ मा आफ्ना शेयरधनीहरुलाई ७.०३ बोनस र ३.३७ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

सानिमा बैंक

सानिमा बैंकले आर्थिक वर्ष २०७६\७७ मा आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस र ३ दशमलब ६ प्रतिसत नगदसहित १३.६ प्रतिशत लाभांश घोषणा गरेको हो ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले आर्थिक वर्ष २०७६\७७ मा आफ्ना शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सात दशमलब सात प्रतिशत बोनस र तीन दशमलब तीन प्रतिसत नगद सहित ११ प्रतिसत लाभांश घोषणा गरेको हो ।

प्रतिकृया दिनुहोस्