RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/१६ गते
४७० पटक

काठमाडौँ – देशका केही स्थानमा आंशिक बदली भए पनि अरु स्थानको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले उल्लेखनीय मौसमी प्रणाली नरहे पनि स्थानीय वायुको प्रभावका कारण केही स्थानमा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् ।

अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । अरु भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

आइतबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति भने प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने छ । अरु भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । देशभर अहिले चिसो बढ्ने क्रममा छ ।

प्रतिकृया दिनुहोस्