RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/१६ गते
६०१ पटक

इण्डो प्यासिफिक देशको अर्थतन्त्र विकासका लागि लगानी बढाउने घोषणा गर्दै भियतनाममा इण्डो–प्यासिफिक बिजनेस फोरम २०२० सकिएको छ ।

बिहीबार सकिएको विजनेश फोरम २०२० मा अमेरिकाले ६० प्रतिशतभन्दा बढी जनसंख्या रहेको तथा उदाउँदो अर्थतन्त्रमा विकासमा अघि बढेको इण्डोप्यासिफिक क्षेत्रमा लगानी बढाउने घोषणा गरेको हो ।

कार्यक्रममा अमेरिकाका सरकारी तथा निजी क्षेत्रका प्रतिनीधिहरूले एसियाली देशहरूको अर्थतन्त्र विकासका लागि ऊर्जा, सुचना प्रविधि, स्वास्थ्य हेरचाह लगायतमा क्षेत्रमा लगानी बढाउने उल्लेख गरेका थिए । सन् २०१७ को नोभेम्बरमा अमेरिकी राष्ट्रपति रोनाल्ड ट्रम्पले स्वतन्त्र र खुल्ला इण्डो प्यासिफिकको अमेरिकी अवधारणा सार्वजनिक गरेका थिए ।

सन् २०१८ को जुलाईमा आयोजना गरेको पहिलो बिजनेश फोरमपछि अमेरिकाले लगानी बढाउँदै लगेको छ । सन् २०१९ मा बैककमा भएको फोरममा अर्थतन्त्र विकासका लागि डिजिटल अर्थतन्त्र, गुणस्तर पूर्वाधार र दिगो ऊर्जा विकासमा जोड दिएको थियो । सन् २०२० को फोरमले भने सन् २०२१ को लागि इण्डो प्यासिफिक क्षेत्रको डिजिटल पूर्वाधार, ऊर्जा, यातायात रणनीतिमा जोड दिएको छ ।

फोरममा बोल्दै अमेरिकाको डिपार्टमेण्ट अफ स्टेटका मन्त्री माइचेल पेम्पोईले इण्डोप्यासिफिक क्षेत्रमा अमेरिकाले सम्बन्धित देशका निजी क्षेत्रसँगको सहभागितामा ऊर्जा, पूर्वाधार, टेलिकम्युकेशनका साथै गरिबी निवारणका लागि एक सय विलियन डलरभन्दा बढी लगानी गरेको बताए ।

ऊर्जा सुरक्षाका लागि मात्र ८५ विलियन डलर बराबरका ५९ परियोजनामा लगानी गरेको जानकारी दिँदै यस क्षेत्रको अथृतन्त्रको विकासका लागि आफ्नो लगानी बढाउँदै लगेको बताए । इण्डो प्यासिफिक क्षेत्रमा लगानी वृद्धि र साझेदारीमा अमेरिकी राष्ट्रपति ट्रम्पले विशेष जोड दिँदै आएको बताउँदै अमेरिका सधैँ सुशासन, पारदर्शीता, उद्योग व्यवसायको स्वतन्त्र र प्रविधिगत नवीनताको पक्षमा रहेको बताए । भियतनाममा डेपुटी प्राइम मिनिष्टर फाम विन्हले लगानीका लागि भियतनामले उपयुक्र्त वातावरण बनाएको र अमेरिकी लगानीलाई स्वागत गर्ने बताए ।

फोरममा यूएस एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसआईडी) ले इण्डो प्यासिफिक क्षेत्रमा २८ मिलियन डलर थप लगानी गर्ने घोषणा गरेको थियो । अमेरिकाले एसिया इन्हान्सिङ डेभपमेन्ट एण्ड ग्रोथ थ्रो इनर्जी (एसिया ईडीजीई) अभियानमार्फत सो लगानी गर्ने घोषणा गरेको थियो ।

त्यसैगरी फोरममा युनाईटेड स्टेट ट्रेड एण्ड डेभलपमेन्ट एजेन्सी (यूएसटीडीए) ले ऊर्जा, सूचना प्रविधि, स्वास्थ्य हेरचाह, यातायात लगायतका क्षेत्रमा लगानी बढाउन विभिन्न परियोजना अघि बढाउने जानकारी दिएको थियो ।

ऊर्जा क्षेत्रमा नेचुरल ग्याँस पूर्वाधार विकास, सूचना प्रविधिमा ५ जी सोलुसन्स, स्वास्थ्य हेरचाह अन्र्तगत सार्वजनिक स्वास्थ्य अभियान र यातायात क्षेत्रमा साउथइष्ट एसिया एभियसन साझेदारी कार्यक्रम अघि बढाउने यूएसटीडीएले जनाएको छ । यूएसटीडीएका प्रमुख सञ्चालन अधिकृत र एजेन्सीका प्रमुख टोड अब्राजानेले दिगो पूर्वाधार र आर्थिक वृद्धिदरलाई केन्द्रित गरेर विभिन्न परियोजनाहरूमा लगानी बढाउने बताए ।

कारोबार दैनिकबाट…..

प्रतिकृया दिनुहोस्