RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२२ गते
८३८ पटक

नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष वैद्यले कारागारमा पुगेर महरासँग भेटवार्ता गरेका हुन् । झण्डै एक घण्टा लामो भेटवार्ताको क्रममा वैद्यले महराको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए

तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धको क्रममा सँगै यात्रा गरेका वैद्य-महरा कारागारमा लामो समय गफिदै समसामयिक राजनीति र देशको परिस्थितिबारे छलफल गरेको जनाइएको छ ।

महरालाई पार्टी सदस्यता दिलाएका वैद्यले कारागारमा भेटेसँगै जनयुद्धका सहकर्मी नेताहरुमा डा. बाबुराम भट्टराईपछि महारा भेट्ने दोश्रो ठूलो नेता बनेका छन् ।

 

प्रतिकृया दिनुहोस्