RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/२१ गते
६९४ पटक

सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौ लगिँदै छ।  कात्तिक १५ गते कोरोना पुष्टि भएका मन्त्री शाहको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि हेलिकप्टरबाट आज १२ बजे काठमाडौं लगिने मन्त्रीका स्वकीय सचिव जंगबहादुर बिकले जानकारी दिए।

‘ज्वरोसँगै उहाँको नाकबाट रगत बगेकाले थप उपचारका लागी काठमाडौं लग्ने तयारी भइरहेको छ,’ उनले भने।  सामाजिक विकास मन्त्रालयले हेलिकप्टरको व्यवस्था गरिरहेको बिकले बताए।

मन्त्री शाह कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसिरहेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि बिहिबारमात्रै उनी सेती प्रादेशिक अस्पतालको कोभिड अस्पतालमा भर्ना भएका थिए।

 

प्रतिकृया दिनुहोस्