RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२३ गते
१०४१ पटक

काठमाडौँ, माघ २२ गते । आगामी पाँच वर्षमा हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब ३५ अर्ब रुपियाँ लगानी गरिने भएको छ । यसबाट नेपालको हवाई क्षेत्रले अतुलनीय फड्को मार्ने सम्बद्ध निकायको विश्वास रहेको छ ।

नागरिक उड्डयन प्राधिकरणद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भन्नुभयो, “आगामी पाँच वर्षमा उड्डयन क्षेत्रमा अतुलनीय फड्को मार्छौं, विमानस्थलमा ठूलो लगानी भएको छ । लागत उठाउने ढङ्गले सेवा पनि दिने र व्यवसाय पनि गर्नुपर्छ ।”

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पाँच वर्षमा सञ्चालनमा आउने चर्चा गर्दै उहाँले भन्नुभयो, “निजगढ विमानस्थल ‘गेम चेन्जर प्रोजेक्ट’ हो । ट्राफिक समस्या सम्पन्न नगरी मुक्ति पाइँदैन ।” ट्राफिक जाम भएर आकाशमै विमान होल्ड गर्नुपर्ने समस्या समाधानका लागि निजगढ विमानस्थलको विकल्प नभएको उहाँको भनाइ छ ।

आगामी पाँच वर्षको योजना प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “गौतमबुद्ध, निजगढ अन्तर्राष्ट्रिय, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रियजस्ता विमानस्थल सञ्चालनमा आएपछि र आन्तरिक विमानस्थलको विस्तार एवं विकास गरेपछि नेपालको हवाई सेवाले अतुलनीय फड्को मार्नेछ ।” आगामी पाँच वर्षमा हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब ३५ अर्ब रुपियाँ लगानी गरिने भएको छ ।गोरखापत्र दैनिकबाट ….

प्रतिकृया दिनुहोस्