RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/२२ गते
६१२ पटक

काठमाडौं ।  यस्तै हवल्दार र जवानको पेन्सन १६ वर्षमा हुनुपर्ने उनीहरुको माग छ । प्रहरी प्रधान कार्यालयले नै हवल्दार तथा जवानहरुको मनोबलको वर्तमान अवस्था, कारक तत्त्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरुसम्बन्धी अध्ययनमा यस्तो उल्लेख गरिएको छ ।

प्रहरी हवल्दार तथा जवानहरुलाई आफ्ना सुपरिवेक्षकको उपस्थितिविना छुट्टाछुट्टै १०-१५ जना उपस्थित गराई विभिन्‍न सांगठनिक विषयमा खुला रुपमा धारणा लिइएको थियो ।

अध्ययनमा भनिएको छ, “स्केलका सामानहरु गुणस्तरीय र नियमित हुनुपर्ने, नियमानुसार वर्षमा अनिवार्य ३० दिन घरबिदा र १२ दिन भैपरी बिदाको व्यवस्था हुनुपर्ने, सिनियरको व्यवहार राम्रो तथा निष्पक्ष हुनुपर्ने, ड्युटी व्यवस्थित हुनुपर्ने, अस्पतालको सेवा निःशुल्क तथा गुणस्तरीय हुनुपर्ने तथा दर्जागत भेदभाव हुन नहुने गर्नुपर्छ ।”

यस्तै कामको उचित मूल्याङ्‍कन तथा गुनासोको सुनुवाइ प्रभावकारी हुनुपर्ने, सन्ततिको शिक्षा निःशुल्क हुनुपर्ने र उच्च शिक्षामा छात्रवृत्तिको कोटा वृद्धि गर्नुपर्ने, प्रहरी विद्यालयहरु थप विस्तार गर्नुपर्ने, कल्याणकारी कोषको सुविधालाई थप विस्तार गर्दै सहुलियत ऋण कम्तीमा ५ लाख बनाउनुपर्ने, घर बनाउन ऋण दिनुपर्ने माग पनि हवल्दार र जवानहरुले गरेका छन् ।

समाजले जुनियर प्रहरी अधिकृतदेखि माथिल्लो दर्जालाई राम्रो दृष्टिकोणले हेर्ने गरेको तर प्रहरी हवल्दार तथा जवानहरुको सामाजिक पहिचान राम्रो नरहेको, समय समयमा अनलाइन तथा प्रिन्ट मिडियामा प्रसारण हुने प्रहरीसम्बन्धी नकारात्मक समाचार सामग्रीहरुले समेत समाजको प्रहरीप्रतिको दृष्टिकोण नकारात्मक हुँदै गएको र सिनियरले सर्वसाधारणको अगाडि गाली गर्ने तथा सजाय दिने गरेको पनि उनीहरुले गुनासो गरेका छन् ।

प्रतिकृया दिनुहोस्