RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/२५ गते
५०६ पटक

काठमाडौँ । लोक सेवा आयोगले कार्तिकको अन्तिम बुधवार(भोलि) प्राविधिक अधिकृतको विज्ञापन गर्दै छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्य तर्फ सातौँ आठौँ तह र निजामती तर्फ राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि आयोगमा पठाएसँगै कार्यतालिकाअनुशार नै विज्ञापन प्रकाशित हुने भएको हो ।

प्रशासन स्रोतका अनुसार ७० प्रतिशत खुल्ला र ३० प्रतिशत बढुवा हुने विज्ञापनमा दुबैतर्फ गरी अढाई सयको हाराहारीमा विज्ञापन हुँदैछ ।

स्वास्थ्य सेवाका धेरै जसो पद स्थानीय तहमा गएको यस पटक निकै थोरै सङ्ख्यामा मात्रै माग भएको छ भने निजामती तर्फ पनि यो सङ्ख्या कम हो ।

प्रतिकृया दिनुहोस्