RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/२७ गते
४९३ पटक

जुम्ला : चन्दननाथ नगरपालिकामा ७२० जना जेष्ठ नागरिकले भर्ता नपाएको गुनासो गरेका छन्‌ । ​ भत्ता दिन पटक-पटक आग्रह गर्दा पनि नगरपालिकाले सुनुवाई नगरेको जेष्ठ नागरिकको आरोप छ।

नगरपालिका-५ का ७८ वर्षीय पूर्णबहादुर खत्रीले भने, ‘चार महिनादेखि भत्ता पाएका छैन, दशैँ त जसोतसो गयो, अब आउने तिहार कसरी मनाउने होला भन्ने चिन्ता लागेको छ।’  भत्ता नपाए आफूले तिहार मनाउन नपाउने भन्दै उनले दु:खेसो पोखेका छन्‌।

पूर्णबहादुरले हरेक चौमासिकमा ८ हजार रुपैयाँ भत्ता पाउँथे। भत्ता पाउने आशमा पटक-पटक नगरपालिकाभित्र छिरेपनि आफूहरूलाई कसैले वास्ता नगर्ने गरेको उनले बताए।

पहिला गाविस हुँदा हरेक बजेट तर्जुमा गर्दा हामी सहभागी हुन्थ्यौँ, संघीयता आएपछि गाउँका सिंहदरबारले बजेट तर्जुमा गर्दा सहभागी गराउँदैनन्,’ भारतीले भने, ‘केन्द्रीकृत सत्ताले सम्मान दिएको जेष्ठ नागरिकलाई संघीयताले हेप्दै लगेको छ।

​नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईंले भने, ‘भत्तामा भइरहेको ढिला सुस्तीबारे गम्भीर बनेको छु, सामाजिक सुरक्षा वितरण गर्ने फाँटका कर्मचारीको बदमासीका कारण दशैँमा पनि भत्ता उपलब्ध गराउन सकेनौँ। तिहारमा पनि भत्ता दिन सकिने अवस्था छैन।’

 

प्रतिकृया दिनुहोस्