RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/२८ गते
५५४ पटक

काठमाडौं,  ।अहिलेकाे सङक्रमणकाे चेन ताेडन उपत्यका नगरपालिका फोरमका पदाधिकारीले  हिजो कोराेना नियन्त्रणका लागि तिहार र छठपछि कडा लकडाउन गर्नुपर्ने सुझाव दिएपछि आम मानिसमा फेरि लकडाउन हुने त्रास फैलिएको छ ।
आम मानिसलाई कस्तो लकडाउन हुने भन्ने पनि जिज्ञासा छ तर जनस्वास्थ्यविद्ले भने विगतको जस्तो लकडाउनको कुनै अर्थ नभएको बताएका छन् । उनीहरुकाे विचारमा लकडाउन गर्ने नै भए कडा लकडाउन र सोही अनुरुप संक्रमितको व्यापक खोजी र उपचार गर्नुपर्ने सुझाव छ ।

यता फोरमले दिएको लकडाउन गर्नुपर्ने रायको विषयमा छलफल भइरहेको कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले जनाएको छ । सिसिएमसीका सचिव महेन्द्र गुरागाईंले नगरपालिका फोरमले दिएको रायलाई लकडाउन गर्ने वा नगर्ने विषयमा थप छलफलपछि दुईचार दिनमा निर्णय आउने गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

तर अहिले लकडाउन हुन्छ भन्ने कुरा निर्णयमा नपुगेकोले लकडाउन हुन्छ भन्ने निश्चित नभएको उहाँले बताउनुभयो । यता ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन काठमार्डौं उपत्यकाभित्र कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएकोले कडा लकडाउन आवश्यक भएको बताउनुहुन्छ ।

लकडाउन भनेर यसअघि गरे जस्तो लकडाउनले नहुने भन्दै प्रभावकारी हुने गरी लकडाउन गर्ने आवश्यक रहेको मेयर महर्जन बताउनुहुन्छ । अहिले उपत्यकामा संक्रमण टोल–टोल र समुदायमा फैलिसकेकोले कडाखालको लकडाउन गर्नुपर्ने आफूले हिजोको सिसिएमसी बैठकमा कुरा राखेको बताउनुभयो ।

लकडाउन कडा गर्ने र समुदायमा केसको आधारमा ’कन्ट्रयाक टेसिङ’ प्रभावकारी रुपमा गर्न जरुरी रहेको उहाँ बताउनुहुन्छ । मास्क, सेनिटाइजर, लगायत स्वास्थ्य मापदण्डको पालना नगर्ने मानिसलाई आर्थिक जरिवानादेखि प्रक्राउसम्मको कारबाही अगाडि बढाउन सकियो भने प्रभावकारी हुने उहाँ बताउनुहुन्छ ।

तर यस्तै अवस्थामा अगाडि जान दिए अवस्था डरलाग्दो हुनसक्ने मेयर महर्जन बताउनुहुन्छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुका डा. शेरबहादुर पुन विगतको जस्तो लकडाउन निषेधाज्ञा गर्नुको कुनै औचित्य नभएको बताउनुुहुन्छ ।
लकडाउन गर्ने जो हो भने विगतका कमी कमजोरीको समीक्षा गरेर नयाँ तरिकाले अगाडि बढन आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

विश्वमा चीनबाहेक अरु देश लकडाउन गरेर सफल हुन नसकेको डा. पुनको भनाई छ । भरसक लकडाउन नगरौं गर्नुपर्ने आवश्यकता देखिए कडाईका साथ गर्नुपर्नेमा उहाँको जोड छ । आम मानिसले कोरोना संक्रमणबाट जोगिन स्वास्थ्यका मापदण्ड पालना किन गरेका छैनन् त्यसको बारेमा पनि समीक्षा गर्नुपर्ने वेला आएको उहाँ बताउनुहुन्छ ।

समाजमा पढेलेखेका मानिसले नै स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएकोले सरकारदेखि सवै क्षेत्रबाट कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ भन्ने जनचेतनाको महाअभियान नै चलाउन आवश्यक रहेको डा. पुन बताउनुहुन्छ्र । लकडाउन गरे पनि प्रहरी सबै मानिस भएको ठाउँमा जान सम्भव हुँदैन तर मानिसको चेतना परिवर्तन गर्न सकियो भने भविष्यमा आउन सक्ने यस्ता खालका रोगबाट बच्न पनि सहयोग मिल्ने उहाँ बताउनुहुन्छ । गोरखापत्र दैनिकबाट ……………..

प्रतिकृया दिनुहोस्