RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/५ गते
६१४ पटक

काठमाडौं । सरकारले न्याय सेवाका सहसचिव लिलादेवी गडतौलालाई सचिवमा बढुवा गर्दै नेपाल कानुन आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

हालै बसेको मन्त्रिपरिषद बैठकले डा.लोकनाथ पौडेल र नारायणप्रसाद शर्मालाई नेपाल कृषि सेवा, लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट समूह, राजपत्राङकित प्रथम श्रेणीमा बढुवा नियुक्ति दिई कृषि तथा पशुपंक्षीं विकास मन्त्रालय वा अन्तर्गत पदस्थापन गर्ने निर्णय गरेको छ ।

यस्तै परराष्ट्र मन्त्रालयको सिफारिसमा अमेरिकाको सान डियागोमा कार्यरत अवैतनिक महावाणिज्यदूत ऋषी पुनाखर ढकालको कार्यकाल २०७६ असोज २२ देखि लागू हुनेगरी ४ वर्षका लागि थप गर्ने निर्णय गरेको छ । कोलम्बियाको बोगोटामा डा.सोराया स्टेला कारो भरगासलाई निर्णय भएको मितिदेखि लागू हुनेगरी ४ वर्षका लागि अवैतनिक नेपाली वाणिज्यदूत पदमा नियुक्ति गर्ने निर्णय गरेको छ ।

सहरी विकास मन्त्रालयको सिफारिसमा अधिकार सम्पन्न वागमति सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा उद्धव प्रसाद तिमिल्सिनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्