RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/८ गते
६९२ पटक

काठमाडौँ — सरकारले बहावाला निजामती कर्मचारीहरुलाई तयारी कक्षा तथा प्रशिक्षण कार्यक्रममा पढाउन जान बन्देज गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार यस्तो निर्णय गरेको हो । यो निर्णयपछि यसअघि अनुमति लिएर तयारी कक्षा तथा प्रशिक्षणमा संलग्न हुनेहरुलाई समेत बन्देज लाग्नेछ ।

‘सबै निजामती कर्मचारीलाई सेवा प्रवाहमा तल्लिन बनाई निजामती सेवालाई व्यवस्थित र मर्यादित बनाउन’ मन्त्रीस्तरीय निर्णय भन्दै सार्वजनिक गरिएको सूचनामा भनिएको छ, ‘तयारी कक्षामा उपस्थित हुन र अनलाईन माध्यमबाट प्रशिक्षणका सम्बन्धमा निर्णय भएको हो ।’ यसअघि कुनै कर्मचारीले पढाउन स्वीकृति लिएको भए त्यो शुक्रबारदेखि निष्क्रिय हुने भयो । मन्त्रालयले नयाँ मापदण्ड नबनेसम्म स्वीकृति नदिनसमेत मातहतका निकायलाई परिपत्र गरेको छ ।

मन्त्रालयले आइतबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार, सहसचिव र त्यो भन्दा माथिका कर्मचारीले मन्त्रिपरिषद् र सामान्य प्रशासन मन्त्रालयको स्वीकृति नलिई तयारी कक्षा लिन पाउने छैनन् । यो बन्देज लोकसेवा आयोगको विज्ञापन अनुसारका तयारी कक्ष तथा अन्य निकायका प्रतिस्पर्धाका तयारी कक्षाहरुमा समेत लागू हुनेछ । विज्ञप्तिअनुसार, तयारी कक्षामा लिखित तथा मौखिक प्रशिक्षण दिन नहुने’ भन्ने उल्लेख छ । यसले कर्मचारीहरुले पढाउनेमात्रै नभई उनीहरुले कक्षामा नोट र पुस्तिकाहरु बाँड्नसमेत नपाउने भएका छन् ।

सामान्य प्रशासन मन्त्रालयले त्यसरी बढाउन कुनै पनि कार्यालयले बिदा नदिन पनि परिपत्र गरेको छ । अनि काजमा खटेको बेलामा त्यसो गर्नसक्ने भएकाले सचेत बन्न र निगरानी गर्न पनि परिपत्र गरेको छ । मन्त्रालयका अनुसार, प्रदेश तथा स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीको हकमा पनि यही व्यवस्था लागू हुने ।

स्वीकृतिबिना संलग्न भए कर्मचारीहरुमाथि कारबाही प्रक्रिया अघि बढाउने चेतावनी मन्त्रालयको छ । कार्यालय समयमा सहभागी भएमा झनै निजामती सेवा ऐन र नियमावली बमोजिम कारबाही हुनेछ । मन्त्रालयले कुनै कर्मचारी यसरी संलग्न भएको भेटिए प्रमाणसहित आफूलाई सूचित गर्नु भन्दै सम्पर्क नम्बर र इमेल ठेगाना सार्वजनिक गरेको छ । कान्तिपुर दैनिकबाट ……

प्रतिकृया दिनुहोस्