RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/९ गते
५४७ पटक

काठमाडौं । सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ । भुटान, भारत र माल्दिभ्सपछि नेपालमा संक्रमित संक्रमणमुक्त हुनेको संख्या उल्लेखनीय रहेको छ ।

हालसम्म नेपालमा कुल संक्रमितमध्ये ९० दशमलव ९० प्रतिशत संक्रमणमुक्त भएका छन् । देशभर २ लाख २२ हजार २ सय ८८ संक्रमितमध्ये २ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म १ हजार ३ सय ३७ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको छ ।

वल्र्डमिटरका अनुसार सबैभन्दा धेरै भुटानमा कुल संक्रमितमध्ये ९४ दशमलव २४ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल ३ सय ८२ जना संक्रमितमध्ये ३ सय ६० जना संक्रमणमुक्त भएका छन् । भुटानमा हालसम्म मृत्युदर शून्य रहेको छ ।

वल्र्डमिटरका अनुसार संक्रमणमुक्त हुनेमध्ये दोस्रो स्थानमा भारत पर्छ । भारतमा कुल संक्रमितमध्ये ९३ दशमलव ६७ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल ९१ लाख ४० हजार ३ सय १२ जना संक्रमितमध्ये ८५ लाख ६२ हजार ६ सय ४१ जना संक्रमणमुक्त भएका छन् । भारतमा हालसम्म कोरोना संक्रमणबाट १ लाख ३३ हजार ७ सय ७३ जनाको मृत्यु भएको छ ।

तेस्रो स्थानमा माल्दिभ्स रहेको छ । हालसम्म कुल संक्रमितमध्ये ९१ दशमलव ९९ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल संक्रमित १२ हजार ६ सय ८ जनामध्ये ११ हजार ५ सय ९९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म माल्दिभ्समा ४६ जनाको मृत्यु भएको वल्र्डमिटरमा उल्लेख छ ।

पाकिस्तानमा कुल संक्रमितमध्ये ८७ दशमलव ७८ प्रतिशत संक्रमणमुक्त भएका छन् । वल्र्डमिटरका अनुसार कुल संक्रमित ३ लाख ७६ हजार ९ सय २९ जनामध्ये ३ लाख ३० हजार ८ सय ८५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म पाकिस्तानमा ७ हजार ६ सय ९६ जनाको मृत्यु भएको छ ।

यस्तै, बंगलादेशमा कुल संक्रमितमध्ये ८१ दशमलव १ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल संक्रमित ४ लाख ४७ हजार ३ सय ४१ जनामध्ये ३ लाख ६२ हजार ४ सय २८ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये ६ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ ।

यस्तै, अफगानिस्तानमा कुल संक्रमितमध्ये ७९ दशमलव ९६ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल संक्रमितमध्ये ३ लाख ३५ हजार ९ सय ७६ जना संक्रमणमुक्त भएका छन् । संक्रमित १ हजार ६ सय ९५ जनाको मृत्यु भएको छ ।

यस्तै, श्रीलंकामा कुल संक्रमितमध्ये ७१ दशमलव ८७ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल संक्रमित २० हजार १ सय ७१ जनामध्ये १४ हजार ४ सय ९७ जना संक्रमणमुक्त भएका छन् । संक्रमित ८७ जनाको मृत्यु भएको कोरोनाको रेकर्ड राख्दै आएको वल्र्डमिटरले जनाएको छ । राजधानी दैनिकबाट ………………..

प्रतिकृया दिनुहोस्