RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/१० गते
५६७ पटक

काठमाडौं,  नेपालमा कोरोना भाइरसका एक हजार ७९० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २४ हजार ७८ पुगेको छ । योसँगै सक्रिय सङ्क्रमित संख्या १७ हजार ८५९ छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा दशहजार ८४३ वटा नमुनाको आरटी पीसीआरको परीक्षणमा सो संख्यामा संक्रमितहरु थपिएका हुन् । अहिलेसम्म १६ लाख ८१ हजार २९९ वटा आरटी पीसीआरको परीक्षण भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार ७९१ निको भएका छन् ।निको हुनेको संख्या दुई लाख चार हजार ८५९ छ । नेपालमा अहिले कोरोना संक्रमणमुक्त हुने दर ९१.४२ प्रतिशत पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा थप २४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३६१ पुगेको छ ।

प्रतिकृया दिनुहोस्